Section 38
सहरी वनको विकास र व्यवस्थापन
(१) स्थानीय तहले आफ्नो क्षेत्रभित्रको सहरी क्षेत्र तथा बस्तीमा रहेका सार्वजनिक सडक तथा पार्क जस्ता स्थानमा आफैँले वा कुनै संघ संस्था वा निजी क्षेत्रसँगको साझेदारीमा सहरी वनको विकास तथा व्यवस्थापन गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम स्थापना हुने सहरी वनको विकासको लागि आवश्यक पर्ने प्राविधिक सहयोग डिभिजन वन कार्यालय वा सब डिभिजन वन कार्यालयले उपलब्ध गराउनु पर्नेछ।

(३) उपदफा (१) बमोजिम स्थापना हुने सहरी वनको वन पैदावार सम्बन्धित स्थानीय तहले तोकिए बमोजिम प्रयोग गर्न सक्नेछ।